अष्टलक्ष्मीको दाबी : जेन-जी आन्दोलनमा स्वार्थी तत्वको घुसपैठ भयो « Khabarhub

अष्टलक्ष्मीको दाबी : जेन-जी आन्दोलनमा स्वार्थी तत्वको घुसपैठ भयो


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले देश रोइरहेको बताकी छन् ।

उनले गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले चलखेल भइरहेकाले सचेत हुन जरूरी रहेको बताएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष शाक्यले जेन-जी आन्दोलनमा स्वार्थी तत्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनु परेको बताएकी छन् ।

‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उपाध्यक्ष शाक्यले भनेकी छन्, ‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गरियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनीय होइन, यसमार्फत् नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’

उनले गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको आरोप लगाएकी छन्।

‘इतिहास कसरी कोर्ने हो ? त्यसमा पनि छलफल गर्नुपर्छ । इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो, संयम हुन जरूरी छ’, उनले भनिन्, ‘सबै राजनीतिक दलहरूले नयाँ सोचसहित राम्रा काम आत्मसात गर्दै कमजोरी सच्चाएर अघि बढ्नैपर्छ ।’

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ४१ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस