गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस « Khabarhub

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।

रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो ।’

बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए । सबै सदस्य राष्ट्रले सो प्रस्तावको समर्थन गरे तापनि, संयुक्त राज्य अमेरिकाले सातौँ पटक त्यसमा भीटो प्रयोग गरी पारित हुनबाट रोक लगायो ।

रुसले आफ्नो धारणा दोहोर्‍याउँदै भन्यो कि उसले इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे सधैँ स्पष्ट र सन्तुलित अडान लिएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै पनि रुसले उल्लेख गर्यो,’उक्त घटना कुनै पनि हालतमा सम्पूर्ण प्यालेस्टिनी जनतालाई सामूहिक रूपमा दण्ड दिने बहाना बन्नु हुँदैन, न त यसलाई प्रयोग गरेर मध्यपूर्वमा झन ठूलो युद्ध फैलाउनु उपयुक्त ठहरिन्छ ।’

रुसले जोड दिँदै स्थायी शान्ति र सुरक्षा हासिल गर्न प्यालेस्टिनी जनताको वैध अधिकार र आकांक्षाहरूको सम्मान अनिवार्य रहेको जनाएको छ । जबसम्म यो प्रश्नको न्यायसङ्गत समाधान गरिंदैन, तबसम्म क्षेत्रीय स्थायित्व सम्भव छैन ।
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ४ : ०३ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री