आन्दोलनका क्रममा भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार « Khabarhub

आन्दोलनका क्रममा भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताउनुभयो । उहाँका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए ।

उनका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए । सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन् आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ ।

उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : ४२ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि