रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर « Khabarhub

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन कमान्डरमा बढुवा भएका छन्।

हाल रूसमा युक्रेनविरूद्ध युद्ध लडिरहेका उनले रसियन सेनामा बढुवा पाउँदै सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका छन्।

डाइमण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जनयुद्धमा सहभागी हुँदा देखेका धेरै सपना अधुरै रहँदा परिवार पाल्नकै लागि बाध्य भएर रुस जानु परेको हो।’

जीवन जोखिममा राख्दै रसियन सेनाको जुनियर सर्जेन्ट सेक्सन सह–कमाण्डर बाट बढुवा भएर हाल सर्जेन्ट (सेक्सन कमाण्डर) बनेको उनले बताएका छन्।

उनले युद्धरत देशमा कार्यरत रहँदा जिम्मेवारी गम्भीर र चुनौतीपूर्ण हुने बताएका छन्। ‘भिषण युद्धको बीचमा जीवनको कुनै ग्यारेन्टी छैन, तर युद्धकालीन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ’, उनले लेखेका छन्।

डाइमण्डले आफ्नो निर्णय बाध्यताले गरिएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘परिवार पाल्नकै लागि विदेशिन बाध्य भएर रसियन सेनामा भर्ना हुनु त्यसकै परिणाम हो।’

पूर्व माओवादी लडाकुका रूपमा लामो समय जनयुद्धमा सक्रिय रहेका डाइमण्ड सी अहिले रसियन सेनाको अग्रमोर्चामा खटिएर प्राथमिक आक्रमण (प्राइमरी एसल्ट) सेक्सनको नेतृत्व गरिरहेका छन्।

उनको यो निर्णयले पूर्वमाओवादी लडाकु र रोजगारीको अभावमा विदेशिन बाध्य नेपाली युवाहरूको अवस्था झल्काएको छ।

यसअघि उनले आफू रसियन आर्मीमा भर्ना भएपछि नेपालाका मिडियाहरूले चासो राखेको भन्दै उनले सामाजिक सन्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए।

उनले उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफू रसियन आर्मीमा भर्ना भएको बताएका थिए। डायमण्डले राजनीतिक परिवर्तनपछिको सत्ता सञ्चालकमाथि पनि उसबेलै प्रश्न उठाएका थिए।

हिजोका दिनमा जनयुद्धमार्फत् राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बोकेर एक दशक रगतर पसिना बगाएको उनले बताएका छन्। ‘अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन। परिणामतः आज पनि सत्ता र शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपतिहरुकै जगजगी छु, उनले रूसी सेनामा भर्ती भएपछि भनेका थिए, परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौतारिनु पर्ने वाध्यात्मक परिस्थिति आएको छ।

डाइमण्ड र उनकी श्रीमती प्रेरणा शेर्पाली दुवै माओवादी लाडाकु हुन्। माओवादी फुटेपछि उनी विप्लव नेतृत्वको नेकपाको म्याग्दी सेक्रेटरी बनेका थिए। त्यसपछि उनी रसियन सेनामा भर्ती भए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : ३१ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर