जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ? « Khabarhub

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

‘दलाल, भरौटे, एजेन्टका लागि देश जुवा खेल्ने ?’


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो जलेकै घरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री ओमप्रकाश अर्याल र मिडियामाथि प्रश्न गरेका छन्।

केही मिडियाले गृहमन्त्रीकै कोडमा आफू भागेर विदेश पुगेको भनेर जानकारी दिएको र त्यही समाचार छापिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

उनले भनेका छन्, ‘म पनि यो देशको नागरिक हुँ। म देश छोडेर किन भाग्ने ? यो विषयमा मिडिया देखेर मलाई दया लागेको छ।’

आफ्नो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको उनले बताए। सरकारले आफ्नो नाममा कुनै पत्र नकाटेको र कतै नजानु भनेर रोक नलगाएको अवस्थामा यस्तो भ्रम किन फैलाइयो भन्दै उनले प्रश्न गरेका छन्। उनले सरकारले कसका लागि काम गरेको भन्दै प्रश्न गर्दै भने, ‘दलाल, भरौटे, एजेन्टका लागि देश जुवा खेल्ने ?’

काठमाडौंको बुढानिलकण्ठमा रहेको तत्कालीन मन्त्री खड्काको घर जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते आगजनी भएर पूर्ण रुपमा जलेको थियो।

जेनजीको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो। उनको घरमा करोडौ नेपाली र विदेशी पैसा भएको भन्दै समाचार छापिएकोप्रति समेत उनले असन्तुष्टि जनाएका छन्।

उनले आफू राजनीतिज्ञ भएकाले यी सबै कुरालाई सहज रुपमा लिए पनि परिवारका लागि यो पीडाको विषय भएको बताए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : ३१ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना