‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’  « Khabarhub

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान् पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 

प्रदेश प्रमुख भट्टले तिहारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। 

‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु’, उनले भने । 

‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ’, सन्देशमा भनिएको छ । 
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १२ : ३५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको