‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’  « Khabarhub

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान् पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 

प्रदेश प्रमुख भट्टले तिहारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। 

‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु’, उनले भने । 

‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ’, सन्देशमा भनिएको छ । 
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १२ : ३५ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि