हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् । वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका थिए ।

‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो’, उनले भने। 

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो । शव परीक्षणका लागि प्रहरीले बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १ : ११ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि