कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ « Khabarhub

कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे । 

उनले भने, ‘हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौँ ।’

यहाँका अधिकांश किसानहरू हिजोआज खेतबारीमै व्यस्त देखिन्छन ।  खेतमा धान काट्दै गरेका सोही ठाउँका अर्का किसान सुकराम चौधरीले खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए। चाडपर्व नजिकिएकाले धान भित्र्याउनका लागि यहाँका किसानलाई अझै भ्याइनभ्याइ भएको उनको भनाइ छ ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानहरू यतिबेला आधुनिक उपकरणहरू प्रयोग गरी धान भित्र्याउन लागि परेका छन् ।

किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् । नेपालीको महान चाड शुभ दिपावली सुरु भइसकेको छ । तै पनि यहाँका कतिपय किसानहरू धानबाली भित्र्याउन जुटेको पाइन्छन् । 

थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइ सकेका छन् । किसानहरूका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जातहरू बढी मात्रामा देखिन्छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : १८ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।