कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ « Khabarhub

कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे । 

उनले भने, ‘हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौँ ।’

यहाँका अधिकांश किसानहरू हिजोआज खेतबारीमै व्यस्त देखिन्छन ।  खेतमा धान काट्दै गरेका सोही ठाउँका अर्का किसान सुकराम चौधरीले खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए। चाडपर्व नजिकिएकाले धान भित्र्याउनका लागि यहाँका किसानलाई अझै भ्याइनभ्याइ भएको उनको भनाइ छ ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानहरू यतिबेला आधुनिक उपकरणहरू प्रयोग गरी धान भित्र्याउन लागि परेका छन् ।

किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् । नेपालीको महान चाड शुभ दिपावली सुरु भइसकेको छ । तै पनि यहाँका कतिपय किसानहरू धानबाली भित्र्याउन जुटेको पाइन्छन् । 

थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइ सकेका छन् । किसानहरूका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जातहरू बढी मात्रामा देखिन्छन् । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : १८ बजे

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ