६५ वर्षीय वृद्ध सामुदायिक वनमा मृत भेटिए « Khabarhub

६५ वर्षीय वृद्ध सामुदायिक वनमा मृत भेटिए


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलौरी नगरपालिका–५ बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दा सडकदेखि करिब २०० मिटर टाढा पुष्पलाल स्मृति सामुदायिक वनभित्र आचार्यको शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शवको अवस्था हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको छ । 

शवको सनाखतपछि मृतक कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–३ बुटाबारी निवासी रहेको खुल्न आएको छ । मृतकका छोरा निर्मल आचार्यले शवको पहिचान गरेका हुन् । घटनास्थलमा प्रहरी टोलीले आवश्यक मुचुल्का उठाइ शवलाई परीक्षणका लागि पठाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ३१ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।