नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत | Khabarhub Khabarhub

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा आज कुकुर पूजा सम्पन्न भएको छ ।   

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए ।
 
यसवर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ पुरस्कृत भएको छ ।
 
सो क्रममा प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाइन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाइन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजाने बताए।
 
कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए ।

 नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : १० बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५