नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की « Khabarhub

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताएका छन्  । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा आयोजना गरेको साङ्गीतिक तथा ट्राफिक सचेतना कार्यक्रममा  एआईजी कार्कीले प्रहरी सधैँभरि नागरिकको सुरक्षामा समर्पित रहेको र समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको बताए।

उनले भने, ‘प्रहरी भनेको नागरिकको सुख-दुःखमा साथ दिने संस्था हो । हामी नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर खटिएका छौँ ।’ विशेष गरी चाडपर्वको समयमा बढ्दो भीडभाड, सवारी चाप, मादक पदार्थको दुरुपयोग र सम्भावित आपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरी अझ बढी सतर्क र सक्रिय रहेको जानकारी दिए । 

कार्यक्रममा एआईजी कार्कीले जनतालाई चाडपर्व शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा मनाउन आग्रह गरे। उनले मादक पदार्थ सेवनबाट टाढा रहन, ट्राफिक नियमको पालना गर्न, सार्वजनिक शान्ति भङ्ग हुने कार्य नगर्न र सहयोगी नागरिक बन्न पनि अनुरोध गरे।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी नागरिककै सुरक्षाका लागि सडकमा खटिने भएकाले ट्राफिक नियम पालना गरी सवारी साधन चलाउन आग्रह गरे। उनले विशेषतः तिहार, भाइटीका, देउसी–भैलोका समयमा रमाइलोका नाममा मादक पदार्थ सेवनपछि गाडी चलाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार बन्न आह्वान गरे।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसीले ट्राफिक प्रहरी कर्मचारीहरूलाई हौसला प्रदान गर्ने प्रस्तुति दिएका थिए । चलचित्र निर्माताहरू रोहित अधिकारी, धिरज तामाङ र चलचित्र वितरक किरण श्रेष्ठलाई कार्यक्रममा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीले ट्राफिक सचेतना सम्बन्धी विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा गजल गायक थानेश्वर गौतम, गायक सरोज ओली, ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : ४८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको