एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण « Khabarhub

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको बिदा अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बनेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन ।

 यहाँको नेपाल–चीन बहुचर्चित उत्तरी कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरी र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न पाउँदा जोकोही पर्यटकहरू मोहित नहुने त कुरै भएन ।

पछिल्लो समय मुलुकमा जेन-जी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा मुस्ताङको पर्यटन व्यवसाय चलायमान भइरहेको यहाँको पर्यटक तथ्याङ्कले देखाएको छ । चालु आर्थत वर्षको असोज महिना अवधिमा मात्रै राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिए ।

यसै गरी जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार आश्विन १७ देखि २० गतेसम्म वर्षा र हिमपात हुने प्रक्षेपणका कारण आशिंक रुपमा प्रभावित बनेको यहाँको पर्यटन त्यसपछि पुनःचलायमान भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार २१ असोजदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा  बेनी–जोमसोम सडकमार्ग हुँदै  ४९ हजार ३७१ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । असोज महिनाको पछिल्लो १० दिनको अवधिमा २८ हजार ७५९ आन्तरिक र चार हजार १२४ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । 

 जेनजी आन्दोलन र मौसम प्रतिकूलतापछि मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये आन्तरिक तथा बाह्य पर्यटक गरी १४ हजार ३८९ जना पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये १३ हजार ९२९ जना आन्तरिक र ४५० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । असोज महिनामा मुस्ताङ भित्रिएका कूल पर्यटक संख्या मध्ये आन्तरिक तथा बाह्य गरी २० प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेको पाइएको छ ।

यसैगरी गतवर्षको असोज महिनामा कूल ५९ हजार ८३१ जना आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । त्यस महिनामा यहाँ ४७ हजार २९३ जना आन्तरिक र १२ हजार ५३८ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी १५ हजार ७६८ जना अर्थात ९२०।८५० प्रतिशतले पर्यटक सख्या  घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोज मसान्तसम्ममा एक लाख १८ हजार ६८९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असोजसम्ममा ९१ हजार १२५ जना र २७ हजार ४६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गत आर्थिक वर्ष २०८१÷८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यसवर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ०३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील