राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली « Khabarhub

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

सोमबार विपिनको पार्थिव शरीरलाई नेपाल ल्याएपछि त्रिभुवन विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । 

त्यस्तै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, मुख्य सचिव एक नारायण अर्याल, नेपालका लागि इजरायली राजदूत लगायतले विपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए । 

सो क्रममा प्रधानमन्त्री कार्कीले बिपिनलाई सकुशल स्वदेश फिर्ता गर्न हरसम्भव प्रयास गरेपनि सफल हुन नसकेको बताइन् । बिपिन प्रत्येक नेपाली आमाको छोरा भएकाले अब कसैले विपिनलाई बिर्सन नसक्ने उनले बताइन् ।

सरकारले विपिनको पार्थिव शरीरलाई सेनाको विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुस्थीत घरमा पुराउने व्यवस्था मिलाएको थियो । ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाइ गाजात्रर्फत लगिएका विपिनको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रुपमा गराएको थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ५९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र