तिहारमा सेल पकाउने प्रतियोगिता « Khabarhub

तिहारमा सेल पकाउने प्रतियोगिता


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गरे ।

प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए ।

उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए ।

देउसीमार्फत उनीहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गरेका थिए । अक्टोबर २० अर्थात् आज अन्तरराष्ट्रिय सेफ दिवससमेत मनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ६ : ४८ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि