एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब « Khabarhub

एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ए डिभिजन फुटबल क्लबहरूले एन्फा कम्लेक्स अगाडि धर्ना दिएका छन् ।

गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरूले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । 

उनीहरूले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रूपमा आफूहरूले स्वीकार गरे पनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ए डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताए ।

उनले आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा आफूहरूको जोड रहेको भन्दै यस विषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताए ।

धर्नामा सहभागीहरूले एक वर्षको फुटबल साइकललाई ४ वर्षसम्म लम्बाउन नहुने, फुटबल दबाबमा होइन, मैदानमा खेलौँ, ८९३ दिनदेखि ए डिभिजन कसको कारणले रोकियो, क्लबको लगानीलाई बेवास्ता नगरौँ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

तस्बिरहरू :

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : ३६ बजे

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल

विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल

विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत