कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍याे « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍याे


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि कात्तिक गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै आजका लागि बोलाइएको बैठक आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी सारिएकाे जनाएका छन् ।

बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरुलाई बोलाइएको छ ।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ ।

पार्टीको महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि भन्नेमा नेताहरूवीच विवाद हुँदा केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत मंसिर–पुसभित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा निकट केही पदाधिकारी तथा पूर्वपदाधिकारीहरू निर्वाचनपछि वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।

केन्द्रीय समिति बैठक चलिरहेका बेला महाधिवेशनको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच छुट्टाछुट्टै बैठक र भेला हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : ३३ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित