क्रान्तिकारीका महासचिवले छोडे संगठन, जोडिए जनार्दनको प्रगतिशील अभियानमा « Khabarhub

क्रान्तिकारीका महासचिवले छोडे संगठन, जोडिए जनार्दनको प्रगतिशील अभियानमा


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्।

नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाकर नेतृत्वको प्रगतिशील अभियानमा समाहित गरेको घोषणा सामाजिक सञ्जालमा गरेका छन् ।

पछिल्लो राजनीतिक परिवर्तन र भदौ २३–२४ पछि विकसित परिस्थितिबारे ब्याख्या गर्दै उनले हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचना आमनेपालीले चाहेको रुपान्तरणका लागि सक्षम नदेखिएको निष्कर्षमा आफू पुगेको बताएका छन्।

१६ वर्षदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रालाई सम्झँदै उनले संगठन छाड्ने निर्णय सजिलो नभएको उल्लेख गरेका छन्। कक्षा समिति सदस्यदेखि सुरु भएको उनको यात्रा ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै माघ महिनामा केन्द्रीय महासचिव निर्वाचित हुनेसम्म पुगेको थियो।

पुल्चोक क्याम्पस स्ववियू सभापतिमा उठेको समय र हालको महासचिवको जिम्मेवारीलाई उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणका रूपमा लिएका छन्।

संगठनभित्रको राजनीतिक चेतना र सामाजिक पुँजी निर्माणका लागि उनले अखिल (क्रान्तिकारी) का अग्रज, मार्गदर्शक र सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

पछिल्लो समयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा पार्दै केही समूहले गरेको निच व्यवहारका बाबजुद पम्फा भुषाल र जयपुरी घर्ति लगायत नेताबाट पाएको अभिभावकत्वप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।

कार्यसम्पादनका क्रममा कहीं त्रुटि वा कमी भएको भए क्षमा माग्दै उनले आगामी राजनीतिक यात्रा शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमार्फत अघि बढाउने घोषणा गरेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : ५५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक