कर्णालीमा कमजोर बन्दै कृषि क्षेत्र, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो « Khabarhub

कर्णालीमा कमजोर बन्दै कृषि क्षेत्र, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समग्र विकासका दृष्टिकोणले पछि पर्दै आएको कर्णालीमा पछिल्लो समय कृषि क्षेत्र कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कृषि गर्ने क्षेत्र घट्दै गएको र कृषि क्षेत्रमा प्रवाह हुने कर्जा पनि घट्दै गएको देखाएको हो ।

आर्थिक वर्ष ०८१-८२ मा सो प्रदेशमा खाद्य बाली तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ६.०८ प्रतिशतले कमि आएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको असार मसान्तसम्म धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ र ४.१६ प्रतिशतले कमी आएको हो । त्यस्तै, गहुँ, कोदो, जौँ र फापर बालीले ढाकेको क्षेत्रफल पनि क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ ।

सो प्रदेशमा गत आर्थिक वर्षमा तरकारी बालीले ढाकेको क्षेत्रफलमा ३.६४ प्रतिशतले वृद्धि भएको थियो भने बागवानी बालीले ढाकेको क्षेत्रफलमा ८६.६९ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरुमध्ये तरकारी र बागवानी क्षेत्रमा सल्यानले सबैभन्दा धेरै ३९.७६ प्रतिशत र मुगुले सबैभन्दा कम १.३१ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा वर्षमा तरकारी तथा बागवानी बालीले समष्टिगत कृषि बालीले ढाकेको कुल क्षेत्रफलको ६.७१ प्रतिशत हिस्सा ओगटेको छ ।

दूध र मासुको उत्पादन भने अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा बढेको तथ्यांकले देखाएको छ । गत वर्ष कर्णालीमा २१.२९ प्रतिशतले दूध र १.१ प्रतिशतले मासु उत्पादनमा वृद्धि भएको थियो ।

कृषि क्षेत्रको विकासका लाग महत्वपूर्ण मानिने सिँचाइमा कर्णाली प्रदेश कमजोर रहेको छ । गत वर्षसम्म यस प्रदेशमा रहेको कुल खेती गरिएको क्षेत्रफल १,३१,९४६.० हेक्टरमध्ये ५९,०४८.५० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ । गत वर्षको तुलनामा समीक्षा वर्षमा सिञ्चित क्षेत्रफलमा २.४८ प्रतिशतले ह्रास आएको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जा घट्यो

२०८२ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा गत वर्षको तुलनामा ७।७० प्रतिशतले ह्रास आई ४ अर्ब ९८ करोड ४९ लाख कायम भएको छ । 

समीक्षा वर्षमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन-पशुबधशाला शीर्षकमा १ अर्ब १६ करोड २९ लाख कायम भएको छ भने सिँचाई शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै १ अर्ब ७६ करोड ३५ लाख सुर्खेतमा प्रवाहित भएको छ भने सबैभन्दा कम १२ करोड ८४ लाख मुगुमा प्रवाहित भएको देखिन्छ ।

सो प्रदेशमा सीमित संख्यामा मात्रै उद्योग रहेकोमा ती उद्योगको उत्पादन क्षमता भने ४६.५२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षमा बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.० प्रतिशत रहेको छ भने सबैभन्दा कम गलैंचा, राडी पाखी तथा जुटका सामान अन्तर्गत गलैंचा उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग २३.०८ प्रतिशत रहेको छ ।

सो प्रदेशमा केही वर्षयता पर्यटकको आगमन भने वृद्धि हुँदै गएको छ भने घरजग्गा कारोबारमा वृद्धि हुन सकेको देखिँदैन । त्यस्तै, कर्णालीमा वाणिज्य बैंकको पहुँच राम्रै पुगेको देखिएको छ भने डिजिटल भुक्तानी गर्ने ग्राहकको संख्यमा पनि वृद्धि हुँदै गएको छ ।

झण्डै २५० किलोमिटर सडक कालोपत्रे

यातायात तथा पूर्वाधारको क्षेत्रमा पछि परेको कर्णालीमा अहिलेसम्म जम्मा २४९.५८ किलोमिटर सडक कालोपत्रे भएको छ । केन्द्रीय बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७६र७७ मा जम्मा ३ किलोमिटर मात्रै सडक कालोपत्रे भएकोमा गत आर्थिक वर्षसम्म आईपुग्दा मात्रै २४९ किलोमिटर सडक कालोपत्रे भएको हो ।

आर्थिक विकासमा पछाडि परिरहेको कर्णाली प्रदेशको आर्थिक वर्ष ०८०-८१ मा कुल गार्हस्थ्य उत्पादनमा २ खर्ब ५५ अर्ब ५९ करोड, राष्ट्रिय उत्पादनमा ४.१९ प्रतिशत र आर्थिक वृद्धिदर ९उपभोक्ता मूल्यमा ०४.७४ प्रतिशत योगदान रहने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ३७ बजे

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक– यहाँको दुई वडामा खानेपानी आयोजना सम्पन्न भएका छन् ।

म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो 

बैंकक– नेपाली राजदूतावासले म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर– ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका-१ बाँसबोटे मिलनटोल

पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु

एजेन्सी– पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी