ड्रोनबाट यस्तो देखियो, गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा « Khabarhub

ड्रोनबाट यस्तो देखियो, गृहमन्त्री गुरुङले लिजमा लिएको भनिएको जग्गा


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ । 

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ । संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ । 

स्थानीय स्रोतका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिका ले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ । 

यसैबीच, महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो । 

गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानुनी उपचारमा जाने समेत बताएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ०८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने