निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित « Khabarhub

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जम्ला– जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।

‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए ।

गाउँमै दन्त शिविर सञ्चालन भएपछि स्थानीयवासिको दाँत परीक्षण तथा दाँत सफा गर्ने, औषधि वितरण तथा दाँत सम्बन्धी परामर्शसमेत गरिएको थियो ।

विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीयलाई दाँतको हेरचाह, नियमित ब्रस गर्ने तरिका, खानपानमा ध्यान दिनुपर्ने विषय तथा दाँतसम्बन्धी रोगबाट बच्ने उपायबारे जानकारी गराएको वडाध्यक्ष रोकायाको भनाइ छ ।

यसैगरी तातोपानी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १९२ जनाको आँखा जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा  तातोपानी स्वास्थ्यचौकीमा आइतबार सञ्चालन भएको निःशुल्क आँखा तथा मोतियाविन्दु शिविरमा ६२ पुरुष र १३० महिलाले सेवा लिएका शाखा प्रमुख चौलागाईले बताए ।   रासस

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ०५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने