यस्तो छ जुद्ध वारुण यन्त्रको हालत, उपमेयर डंगोलले गरिन् निरीक्षण (तस्बिरहरू) « Khabarhub

यस्तो छ जुद्ध वारुण यन्त्रको हालत, उपमेयर डंगोलले गरिन् निरीक्षण (तस्बिरहरू)


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन काठमाडौं महानगरपालिकाले मर्मत कार्य गरिरहेको छ। राणाकालीन प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा बनेको उक्त भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकोले त्यसलाई मर्मत गरिएको हो ।

कार्यालयमा ३४ जना कर्मचारी छन् र यीमध्ये केही कर्मचारी अहिले पनि नियमित रूपमा सोही भवनको माथिल्लो तलामा बस्दै आएका छन् । 

दुई रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलामा दुई वटा सटरमा १९९२ सालमा बेलायतबाट लिएर आएको मोसीज कम्पनीको पुरानो मोडलको दुई वटा दमकल राखिएको छ ।

बिहीबार काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले भवन निर्माण कार्यको निरीक्षण गरेकी छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ५१ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्