वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका ४१ वर्षीय रमेश कुमार निरौला, काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ६४ वर्षीय चित्र बहादुर कार्की, काठमाडौं महानगरपालिका-२८ बस्ने महोत्तरी भँगाहा नगरपालिका-८ घर भएका २३ वर्षीय हैदर अली र भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २२ वर्षीय दिनेश पुरी रहेका छन् । 

पक्राउ मध्ये रमेश कुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रुपैयाँ, चित्र बहादुरले इजराइल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रुपैयाँ, हैदरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३२ लाख ५० हजार रुपैयाँ र दिनेशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेश कुमार र दिनेशलाई काठमाडौं  बुढानिलकण्ठ नगरपालिका-८ बाट, चित्र बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट तथा हैदरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये रमेश र चित्र बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने हैदर र दिनेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : ५७ बजे

एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो

अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा

राखेपमा दावाको बिदाइ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की

टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध हुँदैन : सञ्चारमन्त्री

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ

छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त