च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा « Khabarhub

च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । यो बैठकले मंसिर २७ देखि हुने भनिएको ११ औँ महाधिशेन तयारीबारे आवश्यक निर्णय लिनेछ ।

एमालेमा नयाँ नेतृत्वका लागि कित्ताकाट सुरू भइसकेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।

केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार महाधिवेशनसँगै मङ्सिर ६ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे पनि कुरा हुँदैछ ।

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिइरहेको छ। एमालेले प्रतिनिधि सभा फर्काउन आन्दोलन थालिसकेको छ। तर एमालेले आन्दोलन थालिरहँदा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिसकेको छ। आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्नुपर्ने तालिका छ ।

एमालेले ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौँमा गर्न लागेको छ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छान्ने कार्यक्रम छ ।

तस्बिरहरू : केपी शर्मा ओलीको सचिवालय

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : ४५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा