म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो  « Khabarhub

म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

बैंकक– नेपाली राजदूतावासले म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार गरी बिहीबार नेपाल फर्काएको छ ।

नेपाल एयरलाइन्सको उडान आरए४०२ जहाजमार्फत् फर्काइएका उनीहरू आकर्षक रोजगारीको नाममा म्यानमार पुगेका थिए । 

उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका विभिन्न अनलाइन स्क्याम केन्द्रहरूमा डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीजस्ता काममा लगाइएको थियो । 

गत महिना अक्टोबर १९ मामा म्यानमारका सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा हानेपछि उनीहरू थाइल्याण्ड भागेर पुगेका थिए ।

राजदूतावासका अनुसार म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ नेपालीलाई पनि चाँडै फर्काउने प्रयास भइरहेको छ ।

राजदूतावासले वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई सरकारले तोकेको प्रक्रिया पूरा गरी मात्रै बिदेसिन फेरि आग्रह गरेको छ । 

कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा अनधिकृत रोजगारीमा नजान भनेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : ०६ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा