नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात « Khabarhub

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१ ८२ मा ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी निर्यात भएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार अघिल्लो आर्थिक वर्ष (४६ लाख ४९ हजार ९२९ किलो) जडीबुटी निर्यात भएको थियो । त्यसको तुलनामा यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको संघले जनाएको छ ।

सङ्घका अनुसार यस नाकाबाट चुत्रो, रिठा, तेजपात, टिमुर, पाषाणभेद, पदमचाल, काउलो र कुटकी लगायतका ४४ प्रकारका जडीबुटी निर्यात भएका छन् । 

जसमा सबैभन्दा बढी १८ लाख ९८ हजार किलो चुत्रो र १४ लाख ६४ हजार किलो रिठा रहेका छन् । भारतका अलावा यहाँबाट ४२ हजार ७५० किलो जटामासी मार्क दुबई र पाकिस्तान जस्ता तेस्रो मुलुकमा समेत निर्यात गरिएको छ । 

जडीबुटी निर्यातमा आएको सुधारले पश्चिम नेपालका किसान, सङ्कलक र व्यवसायीहरू उत्साहित भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : ०८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग