नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात « Khabarhub

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१ ८२ मा ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी निर्यात भएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार अघिल्लो आर्थिक वर्ष (४६ लाख ४९ हजार ९२९ किलो) जडीबुटी निर्यात भएको थियो । त्यसको तुलनामा यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको संघले जनाएको छ ।

सङ्घका अनुसार यस नाकाबाट चुत्रो, रिठा, तेजपात, टिमुर, पाषाणभेद, पदमचाल, काउलो र कुटकी लगायतका ४४ प्रकारका जडीबुटी निर्यात भएका छन् । 

जसमा सबैभन्दा बढी १८ लाख ९८ हजार किलो चुत्रो र १४ लाख ६४ हजार किलो रिठा रहेका छन् । भारतका अलावा यहाँबाट ४२ हजार ७५० किलो जटामासी मार्क दुबई र पाकिस्तान जस्ता तेस्रो मुलुकमा समेत निर्यात गरिएको छ । 

जडीबुटी निर्यातमा आएको सुधारले पश्चिम नेपालका किसान, सङ्कलक र व्यवसायीहरू उत्साहित भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : ०८ बजे

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज सेजनले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर