प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ « Khabarhub

प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।

हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोपमा उनलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरिएको हो ।

ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा छानबिन चलिरहँदा उनी समातिएका हुन् ।

अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ।

रेमिट कारोबारको आवरणमा एकै दिन पटक–पटक रकम बैंक खातामा जम्मा भएको पाइएको हो । प्रहरीका अनुसार उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए ।

उक्त बैंकको लेखा शाखामा कार्यरत हुँदा अवैध कारोबारमा प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक प्रमाणले देखाएको प्रहरीको दाबी छ। महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको आर्थिक सीआईबीले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ०२ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना