प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ « Khabarhub

प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।

हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोपमा उनलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरिएको हो ।

ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा छानबिन चलिरहँदा उनी समातिएका हुन् ।

अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ।

रेमिट कारोबारको आवरणमा एकै दिन पटक–पटक रकम बैंक खातामा जम्मा भएको पाइएको हो । प्रहरीका अनुसार उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए ।

उक्त बैंकको लेखा शाखामा कार्यरत हुँदा अवैध कारोबारमा प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक प्रमाणले देखाएको प्रहरीको दाबी छ। महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको आर्थिक सीआईबीले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ०२ बजे

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं– नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन

दोस्रो पटक आमा बन्दै सोनम कपूर

काठमाडौं– बलिउड अभिनेत्री सोनम कपूर दोस्रो पटक आमा बन्ने भएकी