सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर  « Khabarhub

सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी समूहका २३ संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विद्रोही पक्षका मूल माग बेवास्ता गरेको आरोप लगाएका छन्। 

उनीहरूले भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहको आधारमै सुशीला कार्की नेतृत्वको सरकार बने पनि त्यसले न्यूनतम प्रतिबद्धतासमेत पूरा नगरेको दाबी गरेका छन् ।

ज्ञापनपत्रमा  जेन-जीको समूहले पक्षले पाँच प्रमुख अपेक्षा राखेको भनिएको छ । तिनमा ठूला भ्रष्टाचार प्रकरणमा कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन, विद्रोहका क्रममा भएको नरसंहारमा संलग्नविरुद्ध कारबाही, घाइतेहरूको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने विषय छन्।

समूहले ज्ञापनपत्रमा सरकारले यी कुनै अपेक्षा पूरा नगरी केवल चुनाव गराउनेतर्फ मात्र ध्यान केन्द्रित गरेको आरोप लगाएको छ। उनीहरूका अनुसार विद्रोहको लक्ष्य समयपूर्व निर्वाचन मात्रै नभई प्रणालीगत परिवर्तन रहेको तर्क उनीहरूले गरेका छन् ।

जेन-जीका २३ संगठनले सरकारलाई तत्काल माग सम्बोधन गर्न पनि आग्रह गरेका छन्। सरकार असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले मध्यस्थता गर्नुपर्ने दाबी उनीहरूको छ। माग पूरा नभए अर्को चरणको शान्तिपूर्ण आन्दोलन सुरू गर्ने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापन बुझाउने समूहमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एन–टेक जेजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीवी ग्रुप छन् ।

त्यसैगरी जीयूपीसी ग्रुप, जेवाइएन ग्रुप, जेन-जी युनाइटेड, जेन-जी २.०, रियल जेन-जी, जेन-जी वाई ग्रुप, जेनजी एलायन्स, नेपाल जेन-जी रिभ्योल्युसन, इक्वीटी नेपाल, समता जेन-जी, अल नेशन जेन-जी, स्वतन्त्र जेन-जी नेपाल, डिजिटल टास्क फोर्स जेन-जी ग्रुप, जेन-जी एकता मञ्च र जेन-जी मुभमेन्ट नेपाल लगायत समूह छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ५५ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा