महेश बस्नेतले भने- एमाले आलोचना सहने भएपनि अवरोध सहँदैन « Khabarhub

महेश बस्नेतले भने- एमाले आलोचना सहने भएपनि अवरोध सहँदैन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए । 

एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको स्पष्ट पारे । 

उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । 

अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उनले बताए ।

नेता बस्नेतले धारणा राखिरहँदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : ४५ बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर