चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक « Khabarhub

चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा– भालु आतंकबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका छन् ।

जङ्गली भालुको आतंकबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउँछन्। उनका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने र मानिस तथा पशुचौपायालाई आक्रमण गर्नेक्रम बढेकाले भालुको नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।
 
चिसोबाट बच्न र चौरी चरणका लागि हिउँदमा युवाहरू सोही वडाको लुम्नाङतर्फ झर्न थालेपछि घरमा बुढाबुढी मात्र बस्ने भएकाले लप्चीमा भालु र चितुवासमेतको बिगबिगी भएको स्थानीयको भनाइ छ । 
 
स्थानीय वाङ्छु शर्पाका अनुसार गाउँमा भएको जङ्गली जनावरको आक्रमणबाट उल्लेख्य सङ्ख्यामा चौरी र घोडा मरेपछि आर्थिक रूपमा ठूलो क्षति भएको, गाउँमा डर एवम् त्रासको वातावरण पैदा भएको, घरमा भण्डारण गरी राखेका खाद्यान्न खाइदिएपछि असहज परिस्थिति उत्पन्न भएको, मानिससमेत असुरक्षित हुने अवस्था सिर्जना भएकोले वाध्य भई गाउँ छाड्नुपर्ने अवस्था भएको छ । गाउँमा बढ्दो अवस्थामा रहेको भालु र चितुवा आतंक न्यूनीकरण तथा नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग उनले माग गरे।     
 
चीन सरकारले तिब्बतसँगको नाका खुला गरिदिएपछि दोलखाको उत्तरीभेगस्थित लप्ची गाउँका स्थानीयले चौँरी, चौँरीको घ्यू, छुर्पी बिक्री गरी उताबाट ल्याएको खाद्यान्नसमेत खाइदिँदा गाउँमा बस्ने अवस्था नभएको विगु गाँउपालिका वडा नम्बर–१ लामाबगरका वडाअध्यक्ष मेमबहादुर तमाङ बताउँछन् ।
 
गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँका स्थानीय बासिन्दाले नेपाली भाषा शुद्धसँग बोल्न नसक्ने अवस्था छ । गौरीशंकर संरक्षण क्षेत्रको कार्यलयमा भालु आतंकका बारेमा निबेदन दिएपनि सुनुवाइ नभएको स्थानियको गुनासो छ । 

विगुको वडा नम्बर–१ लप्चीमा ४६ घरधुरीसहित झण्डै १५० जनसङ्ख्या रहेको छ । उनीहरुमध्ये चौँरीपालन गर्ने १४ घरधुरीका बासिन्दा मङ्सिरदेखि चैत्रसम्म लुम्नाङतर्फ झर्ने गर्दछन् ।
 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : ५० बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको