अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि « Khabarhub

अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

आम निर्वाचन र कांग्रेसको १५ औँ महाधिवेशनका विषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा निधिले महाधिवेशन लगायतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद विषय रहेको धारणा राखे ।

नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रिक पद्धतिबाट सहज रूपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए ।

उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफूहरूको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरे । 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ५१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका