नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन « Khabarhub

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे । 

‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैले अवरोध गर्दैन, नेपाल टेलिकम कानूनको परिधिभित्र रहेर निर्णय गर्नका लागि स्वतन्त्र छ’, उनले भने । 

मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रुपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताए। आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेको उनको भनाइ थियो । प्रतिवेदनले दिएका सुझावहरू आगामी दिनमा खरिद प्रक्रियाका लागि सहयोगी हुने मन्त्री खरेलले बताए ।

छानबिन समितिका संयोजक पूर्वसचिव गेलालले यस अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्यांकनलाई प्रभावित नहुने स्पष्ट पारे। 

पूर्वसचिव गेलाल संयोजक रहेको छानबिन समितिको सदस्यहरूमा सहसचिवत्रय गौरव गिरी, आदेश खड्का र  कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा थिए।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ५९ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक