सुरक्षा परिषद्‍मै लापरबाही : एकातिर हातले मिति लेखियो, अर्कातिर २०८१ मै बैठक बस्यो ! « Khabarhub

सुरक्षा परिषद्‍मै लापरबाही : एकातिर हातले मिति लेखियो, अर्कातिर २०८१ मै बैठक बस्यो !


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकपछि वक्तव्य निकाल्ने क्रममा गम्भीर गल्ती गरेको पाइएको छ ।

बाराको सिमरामा तनाव उत्पन्न भएपछि बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका अहिले नै मन्त्रिपरिषद्लाई सेना परिचालनको सिफारिस गर्ने निर्णय गरेको छ।

तर उक्त बैठकका निर्णयबारे जानकारी सदस्य-सचिव एवम् रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जारी गरेको वक्तव्यमै गम्भीर लापरबाही भेटिएको छ।

भेटिएका दुई गल्तीअनुसार या त यो पत्र पहिले नै तयार गरिएको थियो या त हतारमा झुक्किएर गल्ती गरियो ।

पत्रमा मिति राखिएको स्थानमै वर्ष र महिना कम्प्युटरमा टाइप गरिएको छ भने गते भने हातले लेखिएको छ।

उता पत्रको व्यहोराको सुरूमै राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठक २०८१/०८/०४ गते अर्थात् एक वर्षअघि नै बसेको भनेर उल्लेख गरिएको छ । खासमा अहिले २०८२/०८/०४ चलिरहेको छ।

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख सहभागी राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर बैठकको निर्णय लेख्ने क्रममा सचिव अर्यालले गम्भीर त्रुटी गरेका छन् ।

सिंदरबारस्थित परिषद् सचिवालयमा बसेको यो बैठकको अध्यक्षता नै प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले गरेकी थिइन्।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थितिमा राष्ट्रिय सुरक्षा जोखिम, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको परिषद् सचिवालयले जनाएको छ।

बैठकले आ.व. ०८१/८२ को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामा संशोधनसहित स्वीकृति प्रदान गर्दै संविधानको धारा २६६(३) बमोजिम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।

यसबाहेक, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन संविधानको धारा २६६(१) अनुसार नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ८ : ०८ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको