प्रचण्डसँग मिलेपछि गोपाल किरातीले दिए विप्लवलाई ‘खाओवादी’को संज्ञा « Khabarhub

प्रचण्डसँग मिलेपछि गोपाल किरातीले दिए विप्लवलाई ‘खाओवादी’को संज्ञा


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आठ वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गोपाल किराती नेत्रविक्रम चन्द विप्लवमाथि आक्रमक बनेका छन्।

कुनै समय पार्टी छाड्दा प्रचण्डलाई नै ‘डाका’ भनेका किराती गत कात्तिक १९ मा प्रचण्डले नयाँ पार्टी घोषणा गरेपछि उनी त्यही पार्टीमा मिसिएका थिए। सहमति पत्रमा हस्ताक्षर गर्दा किरातीले समाजवादी क्रान्ति सफल बनाउने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने बताएका थिए।

तत्कालीन जनयुद्धकालीन नेकपा (माओवादी)को मान्यता पाएको विप्लव समूहलाई निर्वाचन आयोगले केही दिनअघि ‘गुलाफ’ चुनाव चिह्न दिएको थियो। त्यही समूहका नेता विप्लवले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेको तस्वीर सार्वजनिक भएपछि किरातीले सामाजिक सञ्जालमा विप्लव समूहलाई ‘खाओवादी’को संज्ञा दिएका छन्।

ुविप्लवजीको माओवादी वस्तुतः खाओवादी हो। आन्द्रा–भुँडी जम्मै थाहा छ, फुर्ति लइरहनु पर्दैनु, उनले भनेका छन्, ‘प्रथम् संविधानसभाबाट प्रगतिशील संविधान बन्ने वातावरण भाँडेको अपराधबाट तिनले कहिल्यै माफी पाउने छैनन्।’

किरातीको यस टिप्पणीपछि विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य देवान किरातले कडा प्रतिक्रिया दिएका छन्। उनले फेसबुकमा किरातीलाई मेन्सन गर्दै राजनीतिक स्तर नै तल झरेको आरोप लगाए।

ुविचार र राजनीति फरक भए पनि गोपाल किरातीलाई म सम्मान गर्दै आएको थिएँ। तर उहाँको पछिल्लो स्टाटसले राजनीतिक बुझाइ निकै तल झरेको देखायोु, उनले भने, ुखाओवादी को हो भनेर १, २, ३ गर्नुपर्ने अवस्था छैन। आन्द्रा–भुँडी मात्र होइन, तपाईँको पित्त थैलीसम्म थाहा छ हामीलाई। प्रिय बन्नु छ भने किन हैसियत बिर्सेर यति तल झर्नु हुन्छ ? नझर्नुस् भन्ने सुझाव बाहेक अरू केही छैन।ु

गोपाल किराती अहिले प्रचण्डको प्रिय हुन संघर्षरत छन् । उता विप्लव पनि १० वर्ष ढिलो गरेर संसदीय राजनीतिमा आउन पार्टी दर्ता गराएर अघि बढेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ३७ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय