अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ « Khabarhub

अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबारको सचिवालय बैठकमा आसन्न ११औँ महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार रहेको जानकारी गराए।

पोखरेलले आफू सबै हिसाबले योग्य र सक्षम रहेकाले जसरी पनि अध्यक्षमा लड्ने योजना बैठकमा सुनाए। लगत्तै ओलीले उनलाई प्रतिक्रिया दिए– मभन्दा योग्य पात्र अहिले कोही छैन।

ओलीले अहिलेको संकट मोचनका लागि आफू नै योग्य रहेको दोहोर्याए। एमालेले अहिले आफ्नो विकल्प नखोजेको भन्दै उनले अध्यक्षमा लड्ने निर्णय परिवर्तन गर्न पनि आग्रह गरे। त्यसपछि ईश्वरले कुनै पनि हालतमा पछि नहट्ने जवाफ फर्काए।
ईश्वरको जवाफ सुनेपछि ओलीले भने, ‘कुनै पनि हालतमा म अहिले अध्यक्ष छोड्नेवाला छैन। अहिले पार्टी बचाएर जानुपर्ने छ । कार्यकर्ताको निराशालाई चिर्नुपर्नेछ।’

ओलीलाई उदृत गर्दै खबरसँग कुरा गरेका सचिवालय सदस्यले थपे, ‘नलड्नुस् पनि भन्दिनँ तर सकभर सोच्नुहोस्। म अहिले अध्यक्षबाट हट्दिनँ नै।’ एमाले नेताहरूका अनुसार आगामी महाधिवेशनमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ।

यता पोखरेलसहितले सार्वजनिक रुपमै यही मंसिर ८ गते आफ्नो उम्मेदवारी घोषणा गर्दैछन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ४० बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि