अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ « Khabarhub

अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबारको सचिवालय बैठकमा आसन्न ११औँ महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार रहेको जानकारी गराए।

पोखरेलले आफू सबै हिसाबले योग्य र सक्षम रहेकाले जसरी पनि अध्यक्षमा लड्ने योजना बैठकमा सुनाए। लगत्तै ओलीले उनलाई प्रतिक्रिया दिए– मभन्दा योग्य पात्र अहिले कोही छैन।

ओलीले अहिलेको संकट मोचनका लागि आफू नै योग्य रहेको दोहोर्याए। एमालेले अहिले आफ्नो विकल्प नखोजेको भन्दै उनले अध्यक्षमा लड्ने निर्णय परिवर्तन गर्न पनि आग्रह गरे। त्यसपछि ईश्वरले कुनै पनि हालतमा पछि नहट्ने जवाफ फर्काए।
ईश्वरको जवाफ सुनेपछि ओलीले भने, ‘कुनै पनि हालतमा म अहिले अध्यक्ष छोड्नेवाला छैन। अहिले पार्टी बचाएर जानुपर्ने छ । कार्यकर्ताको निराशालाई चिर्नुपर्नेछ।’

ओलीलाई उदृत गर्दै खबरसँग कुरा गरेका सचिवालय सदस्यले थपे, ‘नलड्नुस् पनि भन्दिनँ तर सकभर सोच्नुहोस्। म अहिले अध्यक्षबाट हट्दिनँ नै।’ एमाले नेताहरूका अनुसार आगामी महाधिवेशनमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ।

यता पोखरेलसहितले सार्वजनिक रुपमै यही मंसिर ८ गते आफ्नो उम्मेदवारी घोषणा गर्दैछन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ४० बजे

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

गलकोट– एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न

काठमाडौं– युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला