मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू) « Khabarhub

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ ।

हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हालसम्म सम्पन्न गरीएको कार्य अन्तर्गत पुल बाहेक कुल ३८ किलोमिटर खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भइसकेको छ भने ३३.२ किमी खण्डमा दुई तर्फी कालोपत्रे (चार लेन), ४.८ किमी खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन) ५१.३ किमि (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्विस लेन कालोपत्रे ५ किमिको काम सकिएको छ । त्यस्तै गरी १२ वटा पुल मध्ये ११ वटा र १०५ वटा कल्भर्ट मध्ये १०५ वटा नै सम्पन्न भइसकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए ।

यो परियोजना २०७८ साल भदौमा सुरु भएको हो । ठेक्का म्याद पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ ।

यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड (भ्याट समेत) रुपैयाँ रहेको छ । मुग्लिन–पोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सहित काम सम्पन्न हुने चरणमा रहेको छ ।

तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ । पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  १० : ३७ बजे

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको