कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती « Khabarhub

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । 

हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल–चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।

यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । 

उनका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र सीमाक्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले (नेपाल–चीन)संयुक्त निगरानी गस्ती गरिएको र यो हिउँदयामभरी नियमित रहने जनाइएको छ ।

कोरलास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)र कोरलास्थित चिनियाँ सुरक्षा अधिकारीको संयुक्त टोलीले यहाँको नेपाल–चीन चार वटा सीमास्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) नेचुङका इञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले उल्लेख गरे। 

कोरला सीमा क्षेत्रको शान्तिसुरक्षा र निगरानी बढाउन बिओपी इञ्चार्ज भण्डारीको कमाण्डमा १० जना र चीनतर्फ क्याप्टेन गेसाङ डुन्ड्रबको कमाण्डमा पाँच गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटिएको बिओपी नेचुङले जनाएको छ ।

हिउँदयामको मौसममा नेपाल–चीनतर्फ पर्ने सबै सीमास्तम्भको नियमित संयुक्त सुरक्षा गस्ती गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हिउँदयामको मौसममा कोरला नाका तथा अन्य सीमास्तम्भमा कोही नभएको मौका छोपी लुकीछिपी अवैध क्रियाकलाप हुनसक्ने अवस्था रहेकाले निगरानीका लागि सीमा गस्ती गर्नुपरेको जनाइएको छ । 

कोरलास्थित मुस्ताङ र चीनतर्फ सीमा जोडिएका सीमास्तम्भमा पुगेर नेपाल–चीनका संयुक्त सुरक्षा अधिकारीले नियमित गस्ती गरेका छन् । यहाँ चीनसँग सीमाना जोडिएका डोल्पातर्फ १८ देखि २३ र मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्दछन् । नेपाल–चीन २४ नं सीमा क्षेत्र ट्रान्जिट प्वाइन्ट एवं दशगजा क्षेत्र हो ।

यसअघि गत आइतबार अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय ९एक्याप० लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सेताम्मे हिउँमा २५ देखि २८ नं सम्मको सीमास्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  १ : ०८ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्