मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने « Khabarhub

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ अझै जारी रहेको बताएका छन्। 

शनिबार काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले यो लडाइँ व्यक्तिगत नभई देश र पुस्तामाथिको न्यायका लागि भएको स्पष्ट पारे।

लामिछानेले आफू विजयी हुन अझै बाँकी रहेको उल्लेख गर्दै अपदस्थ भइसकेका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा आफू नरहेको बताए। बरु उनीहरूलाई इतिहासको कुन स्थानमा कसरी सुरक्षित र सम्मानित राख्ने भन्नेमा सोचिरहेको उनको भनाइ थियो। सम्मानित स्थानमा बस्ने वा नबस्ने कुरा उनीहरूको अभिव्यक्ति र क्रियाकलापमा निर्भर रहने उनले बताए।

सभापति लामिछानेले ‘नयाँ’ भन्नेहरू अब सबै एक ठाउँमा आउने दाबी गर्दै आफू एउटा चुनावका लागि नभई पुस्ताका लागि राजनीतिमा आएको बताए। खरानी बनाइएका युवाहरूका सपना पूरा गर्न सबै मिल्नुपर्नेमा उनले जोड दिए।

उनले हरेक आन्दोलनमा सुरक्षाकर्मीसमेत घाइते हुँदै आएको उल्लेख गर्दै परिवर्तनका प्रक्रियामा उनीहरूको पक्षमा पनि काम गर्नुपर्ने बताए। आफूविरुद्ध धेरै मुद्दा रहे पनि सास रहुन्जेल लडिरहने उनको प्रतिबद्धता थियो।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : ४३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।