सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू « Khabarhub

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहन नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद् विघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका हुन् । 

देशको असहज अवस्थालाई हेरेर अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको उनको भनाइ छ । केही अहंकारी र दम्भीहरुले धम्कीको भाषा बोल्ने गरेको भन्दै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न नभए नेकपा चुप लागेर नबस्ने स्पष्ट पारे ।

निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेको उल्लेख गर्दै उनले केही तत्त्वले त्यसलाई प्रभावित पार्ने प्रयास गरिरहेको धारणा राखे । उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । देशको वाम इतिहासमा आफूहरूले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले एक भएर देशको चुनौति सामना गर्न आफूहरू तयार भएको भन्दै जनताले आगामी निर्वाचनमा विश्वास गर्ने बताए । जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा, अग्निपरीक्षा सुरु हुने उनको भनाइ छ । उनले जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ भन्ने पुष्टि गर्नैका लागि भएपनि एक पटक मौका दिन आग्रह गरे ।

सह–संयोजक नेपालले युवाहरूले राखेका मुद्दाहरूलाई अघि बढाउनका लागि पार्टीमा जेन-जी पुस्तालाई पार्टीमा भित्राउँदै छलफल गरिरहेको जानकारी दिए । आफूहरूको बिचारलाई जनतामाझ सम्प्रेषण गर्ने अभियान निरन्चर चल्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ५ : ३१ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार