नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस्  « Khabarhub

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली कम्युनिष्ट पार्टी गठन भयो । जहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, वामपन्थी नेताहरु वामदेव गौतम, महेन्द्रराय यादव, भीम रावल केन्द्रविन्दुमा छन् । पार्टीको केन्द्रमा ७० वर्ष उमेर समूहमाथिकै वर्चस्व रहेकाले यसलाई वृद्धहरूको क्लब भनेर आलोचना पनि हुने गरेको छ । 

यस पार्टीको नेतृत्वमा रहेका आधिकांश नेताहरु पार्टी र सरकारमा विभिन्न तह र तप्कामा दोहोरिरहेका अनुहार हुन् । २०७५ जेठ ३ गते वाम एकता भन्दै ओली र प्रचण्डले नेकपा एमाले बनाए । सो एकतालाई १५ महिनापनि टिकाउन नसकेका प्रचण्डलाई यतिबेला अवसरवादी भन्ने आरोप लागेको छ । माधवकुमार नेपाल पनि एमालेमै रहेर लामो समय पार्टीको नेतृत्व गरेका र एक पटक प्रधानमन्त्री बनेका नेता हुन् । 

ओलीसँग बेमेल भएपछि उनले २०७८ भदौ २ मा उनले नेकपा (एकीकृत समाजवादी) गठन गरे । एमालेबाट असन्तुष्ट बनेर नयाँ पार्टी खोलेको ४ वर्षमै फेरि डेरा सर्नुले उनको नेतृत्व क्षमतामाथि पनि प्रश्न तेर्सिएको छ । यस्तै एमालेमै रहेर प्रधानमन्त्री बनिसकेका नेता झलनाथ खनालको सक्रियता पनि के को लागि भन्ने प्रश्न कायमै छ । यसैबीच पार्टी गठनको करिब २ महिना पुग्नै लाग्दा नेकपाले शनिबार काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्‍यो ।

पार्टीले देशभरबाट पहिलोपटक काठमाडौंमा कार्यकर्ता उतार्‍यो । कार्यक्रममा बोल्दै पार्टीका संयोजक प्रचण्डले चुनाव सार्न खोजिए देश दुर्घटनामा जानसक्ने भन्दै सरकारलाई चुनौती समेत दिए । ‘हामीले निकासका लागि अन्तरिम सरकार बनाउन पहल गरेकै हो । फेरि संविधान मिच्ने र निर्वाचनको मिति सार्ने काम गरियो भने चुप लागेर बस्ने छैनौँ ।’

ओली लक्षित हुँदै उनले थपे, ‘केही अहङ्कारी र दम्भीहरूले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’ काठमाडौं महानगर प्रमुख बालेन्द्र  शाह (बालेन) र धरान उपमहानगरका प्रमुख हर्कलाई भने उनले ‘काँडा’ को संज्ञा दिए । सहसंयोजक नेपालले भने जनताबाट परीक्षित हुन चाहेकाले एक पटक विश्वास गरेर बहुमत दिन अपिल गरे ।

‘जनताको विश्वास र बहुमत पाएको खण्डमा हाम्रो परीक्षा सुरु हुन्छ। हामी इमान्दारिताका साथ जनताको चाहना पूरा गर्न तयार छौँ ।’ उनले भने । पार्टी नेतृत्वले यसो भनिरहँदा एकता सन्देश सभामा आएका कार्यकर्ताले पार्टीलाई मजबुत र दीर्घकालिन बनाउन नेताहरुसँग आग्रह गरेका छन् । 

माओवादी केन्द्रका लोकनाथ वाग्ले एकता सभामा भाग लिन गोरखादेखि आएका हुन् । कम्युनिष्ट ध्रुव्रीकरणलाई संगठित गर्न बनेको यो ऐक्यबद्ध पार्टी वाम सिद्धान्त स्थापित गर्दै देशलाई निकास दिने उनको दाबी छ । ‘पार्टीको खारिएका पुस्ताबाट तल्लो तहदेखि युवा पुस्तालाई राजनीतिक साक्षरता दिलाउने कार्यक्रम गरिरहेको छ । युवापुस्तालाई वाम सिद्धान्तलाई देश विकाससँग जोड्न सिकाउदै छौं । यो जनता र देशको लागि भएको यो एकताबाट मलाई खुसी लागेको छ’ उनले भने । 

पार्टीमा विपक्षीबाट आरोप आउनु सामान्य रहेको काठमाडौंको साखुबाट आएकी पार्टीकी केन्द्रिय सदस्य अमला श्रेष्ठले बताइन् । ‘पहिले म एमालेबाटै हो । त्यसपछि माधव कमरेडसँग समाजवादीमा आए । अहिले यहाँ छौँ । हामी मदन भण्डारीको बेला श्री ५ वीरेन्द्र राजा हुँदा जेलनेल भोगेर आएका हौं । यो गठबन्धनले जनता, जेन–जी लगायत समावेशीताको भावना समेट्नेमा ढुक्क छौं । प्रचण्डजी एकदम परिपक्क नेता हुनुहन्छ राम्रो काम हुन्छ भन्ने विश्वास छ’ उनले भनिन् ।

कतिपय कार्यकर्ता चाहिँ विगतबाट पाठ सिकेर वर्तमान एकतालाई मजबुत र दीगो बनाउनुपर्ने धारणा राख्छन् । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएका नुवाकोटका केन्द्रिय परिषद सल्लाहकार सदस्य बलराम प्रसाद फुँयाल भन्छन्, ‘यसअघिको सिकाइबाट वर्तमान एकतालाई दिगो बनाउन हाम्रो पार्टीको नेतृत्व लाग्छ भन्ने मलाई विश्वास छ ।’

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ५ : ५१ बजे

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र

पोखरा महानगरको योजना : फिर्के खोलाको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की– पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा