क्यानडामा प्रस्तुती दिन सुमन कार्कीसँगै को छन् अन्य कलाकार ? « Khabarhub

क्यानडामा प्रस्तुती दिन सुमन कार्कीसँगै को छन् अन्य कलाकार ?


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी जुन/जुलाईमा नेपाली कलाकारहरूले क्यान्डामा प्रस्तुती दिने भएका छन् ।

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक कार्यक्रममा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलले हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालले नृत्य प्रस्तुती दिने तय भएको हो ।

आयोजक संस्था ‘आई र यू इन्टरटेनमेन्ट’ र ‘आगन इभेन्ट्स’ले कार्यक्रमको तालिका चाँडै घोषणा गर्ने जनाएका छन् ।

आगन इभेन्ट्सका जीआर भण्डारीका अनुसार क्यानडा टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी र भ्यानकुभर लगायतका शहरमा कार्यक्रम हुनेछ ।

विदेशमा रहेका नेपाली दर्शकको रोजाइअनुसारका कलाकारलाई क्यानडा लैजान लागेको भण्डारीको दाबी छ ।

क्यानडामा पहिलोपटक प्रस्तुती दिने निश्चित भएपछि विशेष तयारी गरिरहेको कमेडियन सुमन कार्कीले सुनाए ।

उनले भने, ‘हामीले फरक रूपमा आफ्नो तयारी गरिरहेका छौं । दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुती दिनेछौं ।’

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको