शिक्षासँगै सीप कार्यक्रम सञ्चालन « Khabarhub

शिक्षासँगै सीप कार्यक्रम सञ्चालन


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मोरङ– पथरी शनिश्चरे वडा नम्बर ८ का सुप्रिम बिक र पर्वत चौधरी सहित विद्यार्थीको दैनिकी फेरिएको छ ।

उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे– ८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रिसिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् ।

सो विद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रिसिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधरीलाई आत्मबल बढेको छ । उनले विद्यालयमा इलेक्ट्रोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनले गाउँघरका विद्युतको सामान्य समस्या हेर्न र बनाउन थालिसकेको छन् ।

त्यस्तै पशुपालन विषयका तालिम लिइरहेका सुप्रिम विकको परिवारमा कृषि क्षेत्रमा ठूलै सहयोग पुग्नेछ  । उनी पशुपालन र व्यवस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा अध्ययन गर्न थालेका छन् । वडाले ल्याएको कार्यक्रमले सुरुमा निकै प्रशंसा पाएको थियो । वडाले सुरु गरेको कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाले पनि सहयोग गरेको छ । वडाभित्रका तीन विद्यालयले सुरु गरेको शिक्षासँगै सीप कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

यही आर्थिक वर्षबाट सुरु भएको उक्त कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिइरहेका छन् । विद्यार्थीलाई प्रारम्भिक र सैद्धान्तिक ज्ञान सँगसँगै प्राविधिक र व्यावहारिक ज्ञानले आत्मनिर्भर बनाउने उद्देश्यले वडाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडाको बुद्ध मावि, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । आधारभूत विद्यालयमा नृत्य र गायनका कक्षा सुरु भएको छभने बुद्ध माविमा पशुपालन, इलेक्ट्रिसिटी, प्लम्बिङ र फेसन डिजाइनका कक्षा सुरु भएको छ । यसका कारण विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।

वडाध्यक्ष नवीन कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सीप कार्यक्रम सुरु गरेको छ । हामीले तालिम सञ्चालन गर्नुको उद्देश्य सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षा पनि लागू गर्नु हो । एउटा विद्यार्थीले आफ्नो घरको सामान्य समस्या समाधान गर्न अर्को व्यक्ति बोलाउने बाध्यता हटाउन यो कार्यक्रम सुरु गरिएको हो । विद्यालय जीवनबाट बाहिरिँदा दक्ष प्राविधिक भएर निस्कन सहयोग होस् भनेर कार्यक्रम थालिएको हो ।

वडाले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक कुरामा पनि पोख्त बनाउने बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले बताए । यसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय र पैसा खर्चनुभन्दा विद्यालयमा सिकेका सीपले विद्यार्थीमा रोजगारी सृजना हुने प्रधानाध्यपक सिग्देल बताउँछन् । यो कार्यक्रमलाई नगरभरिका विद्यालयमा लागू गर्न सके स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगारी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ३१ बजे

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा

म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै

म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीमा ठूलो परिवर्तनको संकेत देखिएको छ

फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली

रियो दि जेनेरियो– बारम्बारको चोटपछि पूर्ण फिट भएर फर्किन संघर्ष

सुनुवाइ समितिमा उपस्थित भए शर्मा, आजै प्रधानन्यायाधीशमा अनुमोदन गरिँदै

काठमाडौं- काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा संसदीय