अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए « Khabarhub

अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अछामका नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलले थालेको मातृभूमि जागरण अभियानतिर लागेका छन् ।

मंगलबार सामूहिक विज्ञप्ति निकालेर रावलको अभियानमा खुल्ने एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता छन् ।

रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य निकालेर अभियानतिर जोडिएका हुन् ।

रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि छन् । एमालेको सुदूरपश्चिम प्रदेश विभागका सदस्य सातजना, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिालय सदस्य पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एकजना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीनजना र जिल्ला सल्लाहकार सदस्य १३ जनाले रावललाई साथ दिएका हुन् ।

एमालेका नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष, पदाधिकारी २२ जना, संगठित सदस्य ६ सय ३७ जना र एमालेका अरु संगठित सदस्यसहित एक हजार ८६ जना छन् ।

मंगलबार अछाममा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला संगठन विभाग प्रमुख प्रकाश शाह पनि रावलको अभियानमा जोडिएका छन् ।

उनले एमाले नछाडिसकेको बताउँदै अहिलेलाई मातृभूमि जागरण अभियनलाई साथ दिएको बताए । गत पुस ११ गते एमालेले निकालेपछि रावल अहिले कुनै दलमा छैनन् ।

मातृभूमि जागरण अभियान लिएर केही दिन कोशी प्रदेशको यात्रा गरेका उनी अहिले गृहप्रदेशमा छन् । उनी साँफेबगर हुँदै अछाम यात्रामा निस्किएका हुन् ।

रावलको अभियानले सुदूरपश्चिममा एमालेलाई ठूलै झट्का लाग्ने सम्भावना छ । उनले एमालेलाई धक्का दिने गरी अभियान चलाएर केही समयपछि पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ०६ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले