हलगोरु पाल्ने किसानलाई सम्मान « Khabarhub

हलगोरु पाल्ने किसानलाई सम्मान


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।

पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकमसहित सम्मान  गरिएको वडाध्यक्ष माधव श्रेष्ठले बताए ।

सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताए। 

नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ । त्यसैगरी, सो वडा कार्यालयले महिला स्वंयसेविकाहरुलाई पोसाकसमेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ३६ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण