रविसहित सातजनालाई धरौटीमा छाड्ने जिल्लाको आदेशमा उच्चले माग्यो कैफियत प्रतिवेदन « Khabarhub

रविसहित सातजनालाई धरौटीमा छाड्ने जिल्लाको आदेशमा उच्चले माग्यो कैफियत प्रतिवेदन


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरण उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउन माग गरेको छ।

उच्च अदालत पोखराका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मंगलबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। यो आदेशले जिल्ला अदालतले गरेको निर्णयको वैधानिकता र प्रक्रियाको पुनरावलोकन गर्ने संकेत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि नै जिल्ला अदालत कास्कीले धरौटी मागेर छोडेको थियो।

जिल्ला अदालत कास्कीले पुस २५ गते रवि लामिछानेसहित सातजना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

लामिछानेले ६५, छविलाल जोशीले ८८, रामबहादुर खनालले १५, लीला पछाईले ३७, मीना गुरुङ र आरती गुरुङले ५-५ र कृष्णबहादुर गुरुङले १ लाख धरौटी तिरेर मुक्त भएका थिए।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको यो निर्णयलाई बेरीतको ठहर गर्दै थुनामा राख्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएको छ।

सरकारी वकिलको तर्कअनुसार तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरूलाई धरौटीमा छोड्दा अनुसन्धानमा बाधा पुग्न सक्छ।

यदि कैफियत प्रतिवेदनले सरकारी वकिलको दावीलाई समर्थन गर्छ भने उनीहरूलाई थुनामै राख्न आदेश हुन सक्छ।

अब कैफियत प्रतिवेदनले जिल्ला अदालतको निर्णयमा रहेका सम्भावित त्रुटि वा प्रक्रियागत चुक विश्लेषण गर्ने छ। प्रतिवेदनका आधारमा उच्च अदालतले यो प्रकरणमा अगाडिको आदेश दिने छ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ०३ बजे

कंगोसँग पोर्चुगलको निराशाजनक बराबरी, रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त