सुप्रिम सहकारी ठगी : अदालतमा उपस्थित हुन पत्नीसहित भैरहवा पुगे रवि « Khabarhub

सुप्रिम सहकारी ठगी : अदालतमा उपस्थित हुन पत्नीसहित भैरहवा पुगे रवि


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गोर्खा मिडिया नेट्वर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन मंगलबार भैरहवा पुगेका छन् ।

लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भइसकेको छ । सुप्रिम सहकारीमा भएको ठगीसम्बन्धी मुद्दाका क्रममा अदालतमा उपस्थित हुन रवि भैरहवा पुगेका हुन् ।

उनी मंगलबार अपरान्ह बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेसहित भैरहवामा उत्रिएका हुन् ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा यही माघ ६ गते जिल्ला अदालतमा दायर गरिएको पुरक अभियोगपत्रमा रविलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा रविविरुद्ध ४ करोडभन्दा धेरैको बिगो कायम गरिएको छ।

उनी अहिले भैरहवाको होटल मेरिगोल्डमा बसेका छन् । लामिछाने बुधबार अदालतमा हाजिर भएपछि बयान थालिनेछ । त्यसपछि थुनछेक बहस भएर पुर्पक्षको टुंगो हुने छ ।

सुप्रिमको बचत अपचलन कसुरमा जिल्ला अदालत रुपन्देहीमा हालसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। प्रतिवादी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबीसहित अभियोग लगिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता थिए । जसमा एक हजार ८ सय ७२ जनाले ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा क्रमश: ६५ र ६० लाख धरौटीमा रिहा भएका थिए ।

यो पनि-
सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : १८ बजे

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ