इमानदारीपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव « Khabarhub

इमानदारीपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिएका छन्। 

वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा मंगलबार आयोजित ‘कानुनी-नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठी’ मा उनले वैदेशिक रोजगार व्यवसायप्रति आम नागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उनले नैतिक व्यवहार अवलम्बन गर्न आग्रह गरे । 

मन्त्री भण्डारीले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोमा पर्न नदिन पनि व्यवसायी जिम्मेवार हुनुपर्ने बताए । मन्त्रालयले श्रमिकलाई वैदेशिक रोजगार प्रस्थान अघिपछि तालिम एवं सुसूचित गराउँदै आएको उनको भनाइ थियो । मन्त्रालयले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको उनले जानकारीसमेत दिए । 

‘वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडी मुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन्’, उनले भने, ‘श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ । व्यवसायी पनि नैतिक हुन्छु भन्ने प्रण गर्नुहोस् ।’

उनले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताए। 

व्यवसायी र श्रमिकबीचको बिचौलियालाई हटाउन जोड दिँदै उनले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिए । सरकारी निकायले कुनै विषयमा निर्णय गर्न सात दिन बढी लगाएमा कारबाही गर्ने व्यवस्था उक्त ऐनमा छ । 

मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताए। 

‘साठी हजार नेपाली विद्यार्थी भिसामा जापानमा गएको देखियो । तर यर्थाथमा पाँच हजार पनि विद्यार्थी हुनुहुन्न’, उनले विद्यार्थीको भिसामा विदेश जाने श्रमिकको बढ्दो सङ्ख्याप्रति चिन्ता प्रकट गर्दै भने। 

उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रमिकलाई झुठो आश्वासन नबाँड्न व्यवसायीलाई सचेत गराए। 

‘झुठा वाचा नगर्नुहोस्’, महानिर्देशक खत्रीले भने, ‘श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयम् व्यवसायीको हित र सम्मान बढ्ने काम गर्नुहोस् ।’

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले यस गोष्ठीमा  सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताए । 

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ४८ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले