जनताका अधिकार स्थापना विकास र समृद्धिबाटै : डा भट्टराई « Khabarhub

जनताका अधिकार स्थापना विकास र समृद्धिबाटै : डा भट्टराई


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा – नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताएका छन्‌ ।

गोरखा सदरमुकाम पोखरीथोकमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको टिप्पणी गरे ।

‘राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ’, डा. भट्टराईले भने, ‘संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।’

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । ‘राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ’, डा. भट्टराईले भने, ‘२००७ साल, ०४७ साल, ०६२र०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।’

‘अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन’, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, ‘सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।’

राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उनले बताए । सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ०६ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड