नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी « Khabarhub

नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणी लिफ्ट सिँचाइ सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ । आयोजनाले  ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार  २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो ।

उनले  भने, ‘नहरमा गत वर्ष मात्रै पानी छोडेका थियौँ । अहिले दुवै नहरबाट पानी छोडेका छौँ ।’ किसानको मागअनुसार पानी छोडिएको उनले बताए । उनले थप्नुभयो, ‘गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेका छौँ ।’

विगतका वर्षहरूमा उपभोक्ताको माग नहुने गरेकामा दुई वर्षयता माग बढेको हो । आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ । अहिले ३५ प्रतिशत क्षेत्रफलमा गहुँ, आलु र दाल राजमाखेती गरिएको सूचना अधिकारी चालिसेले जानकारी दिए ।

उनले  भने, ‘हामीले पानी छोडेको एक साता बढी भयो । किसानको मागअनुसार पानी छोड्छौँ ।’ बर्सातमा विशेष गरी धान रोप्नका लागि मात्रै पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उनले बताए ।

चैत र वैशाख महिनामा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्य समयमा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताए । अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भइरहेको उनको भनाइ छ ।

नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताए । ३० करोड रुपैयाँभन्दा बढी खर्च गरेर पम्प नयाँ जडान गरेपछि हिउँदको समयमा पानी दिन थालिएको हो ।

चैत र वैशाख महिनामा नारायणी नदीमा पम्पले तान्ने तहभन्दा पानीको सतह तल झर्ने गर्दछ । त्यसलाई समाधान गर्न भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको भन्दै मुहान मर्मत गरेर बाह्रै महिना पानी तान्न सक्ने बनाइने बताए ।

चैत लागेपछि मकैका लागि पानी आवश्यक पर्दछ । यसको तयारीमा आफूहरू जुटेको रानाभाटले बताए । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीबाट पम्पमार्फत पानी तानेर महानगरका विभिन्न वडामा सिञ्चित गरिँदै आएको छ । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण